१३ जेठ, काठमाडौ ।
सम्पर्कमा आएकी एक जना आफन्त कारोना संक्रमित रहेको जानकारी पाएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल गत शुक्रवारदेखि स्वयं–क्वारेन्टिनमा बसेका छन् ।
केहि दिन अगाडि सम्पर्कमा आएकी आफन्तको स्वाब परिक्षण गर्दा कोभिड–१९ पोजिटिभ देखिएपछि मन्त्री ढकाल स्व–क्वारेन्टिनमा बसेका हुन् । श्रोतका अनुसार आफन्त एक जना महिला बिरामीलाई भेट्न मन्त्री ढकाल केहि दिन अगाडी महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक वास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुगेका थिए ।
जाँचकालागि मंगलवार विहान मन्त्री ढकालको स्वाब संकलन गरिएको श्रोतले बताएको छ ।














