कोभिड–१९ संक्रमितको संख्या ७ सय ७२ पुग्यो

0
354

१३ जेठ, काठमाडौ ।
पछिल्लो २४ घण्टामा ९० जना थपिएसँगै नेपालमा कोभिड–१९ संक्रमितको संख्या ७ सय ७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आज जारी बिज्ञप्ति अनुसार देशका ४६ जिल्लाहरुमा संक्रमितहरु देखिएका छन् । प्रदेश नं.५ का ८ जिल्लाहरुमा ३ सय ३१ जनामा संक्रमण देखिएको छ भने ८ वटै जिल्लाहरु प्रभावित प्रदेश नं.२ मा संक्रमितको संख्या २ सय ६८ पुगेको छ । प्रदेश नं.१ का ७ जिल्लाहरुमा ८६ जनामा, बागमती प्रदेशका ११ जिल्लाहरुमा ३८ जनामा र कर्णाली प्रदेशका ३ जिल्लाहरुमा २५ जनामा संक्रमण देखिएको छ । त्यसैगरी सुदूरपश्चिमका ५ जिल्लाहरुका १७ जनामा र गण्डकी प्रदेशमा ४ जिल्लाहरुका ७ जनामा कोभिड–१९ को संक्रमण देखिएको छ ।
हालसम्म देखिएका कुल संक्रमित ७ सय ७२ मध्ये ४ जनाको मृत्यु भइसकेको छ भने १ सय ५५ जना संक्रमण मुक्त भई घर फर्किसकेका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्