
२८ पुष, काठमाडौ । दुधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढेर ८६ रुपैयाँ कायम हुने भएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले दुधमा प्रतिलिटर १० रुपैयाँ मूल्यवृद्धि गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सिफारिस गरेको छ । वृद्धि हुने १० रुपैयाँबाट ७ रुपैयाँ कृषकलाई र ३ रुपैयाँ उद्योगीलाई बाँडिने भएको छ । पाँच वर्ष अगाडी दुधमा प्रतिलिटर ६ रुपैयाँ वृद्धि गरिएको थियो ।













