२० जेठ, काठमाडौ ।
दैनिक दश वटा विमानबाट २५ सयको संख्यामा विदेशमा अपठ्यारोमा परेका श्रमिक, विद्यार्थी तथा अन्य नेपाली नागरिकहरुलाई स्वदेश फर्काउने काम चाँडै शुरु हुने भएको छ ।
संसदको उद्योग वाणिज्य आपूर्ति तथा श्रम तथा रोजगार समितिले विदेशमा समस्यामा परेका नेपाली नागरिकलाई स्वदेश फर्काउन उडान अनुमति दिन सरकारलाई निर्देशन दिएको छ । श्रम मन्त्री रामेश्वर रायले समितिको बैठकमा जानकारी गराउँदै विदेशबाट फर्किएका नागरिकहरुलाई प्रादेशिक रुपमा छुट्याई होल्डिङ सेन्टरमा राखिने बताएका छन् । मन्त्री रायले होल्डिङ सेन्टरबाट सम्बन्धित स्थानीय तहको क्वारेन्टिन स्थलसम्म सरकारले पु¥याउने व्यवस्था मिलाउने बताएका छन् । आफ्नै खर्चमा होटलमा क्वारेन्टिनमा बस्न चाहनेलाई भने तोकिएको होटलमा पठाइने छ । विदेशबाट फर्किएका सबैलाई १४ दिन क्वारेन्टिनमा बिताएपछि पि सि आर परिक्षण पछि मात्र घर पठाइने छ । सरकारले स्वदेश फर्काउनु पर्ने नागरिक तथ्याङ्क संकलन गरिरहेको र आउँदो जुन १० भित्र चार्टर विमानबाट नागरिक स्वदेश फर्काउने प्रकृया शुरु हुने बताइएको छ ।














