अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले रुसमा काम बन्द गरे

0
792

काठमाडौ, २१ फाल्गुन । रुसी सरकारले ‘फेक न्यूज’ प्रकाशन वा प्रशारण गरेमा १५ वर्षसम्म जेल सजाय हुन सक्ने नयाँ कानून ल्याएपछि बी बी सी, सी एन एन र ब्लुमबर्ग जस्ता अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले अस्थायी रुपमा रुसमा आफ्नो काम बन्द गर्ने जनाएका छन् । नयाँ कानूनका कारण युक्रेनमाथिको रुसी आक्रमणलाई ‘अभियान’ नभनी ‘आक्रमण’, ‘हमला’ वा ‘युद्ध’ भनिए सजाय हुन सक्ने सम्भावना रहेको छ । रुसले युक्रेनमाथि गरेको आक्रमणलाई ‘विशेष सैन्य अभियान’ नाम दिएको छ ।
बी बी सीले शुक्रवारदेखि रुसमा काम बन्द गरेका छन् भने सी एन एन प्रवक्ताले पनि काम बन्द गर्ने जनाएको छ । ब्लुमबर्गले विज्ञप्ति जारी गर्दै “कानूनमा ल्याइएको परिवर्तनका कारण स्वतन्त्र पत्रकार समेत अपराधी ठहरिन सक्ने अवस्थाका कारण वर्तमान समयमा रुसमा पत्रकारिता जारी राख्न सम्भव नभएको” जनाएको छ । रुसमा फेसबुक, ट्वीटर र युट्युबमा पनि प्रतिबन्ध लगाइएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्