पुष २७ देखि विद्यालयहरुमा विदा

0
534

२६ पुष, काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ को संक्रमण तीव्र रुपमा पैmलिनुका साथै ओमिक्रोन भेरियन्टको संक्रमण समेत पुष्टि भएका कारण देशभरका आधारभुत तथा माध्यमिक विद्यालयहरुमा आउदो माघ १५ गतेसम्मकालागि विदा दिने निर्णय गरेको छ ।
मन्त्रालयबाट सोमबार जारी विज्ञप्तिमा वार्षिक विदामा मिलान हुने गरी पुष २७ गतेदेखि विद्यालयहरुमा विदा दिने निर्णय गरिएको जनाइएको छ । साथै विश्वविद्यालय तथा शैक्षिक प्रतिष्ठानहरुका पूर्व निर्धारित परीक्षा कार्यक्रमहरु जनस्वास्थ्य र सुरक्षाका मापदण्डहरु पूर्ण रुपमा पालना हुने गरी जेड आकारमा बसाई सञ्चालन गर्न विज्ञप्तिमा अनुरोध गरिएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्