
२७ पुष, राजविराज । जिल्ला प्रशासन कार्यालय सप्तरीले सार्वजनिक शान्ति विरुद्धको कसूरमा प्रहरी नियन्त्रणमा रहेका जनमत पार्टीका ६ जना नेता कार्यकर्तालाई मंगलबार धरौटीमा रिहा गरेको छ ।
जनमत पार्टी सप्तरीका अध्यक्ष चन्देश्वर मण्डल लगातका नेता कार्यकर्ताहरुलाई गत पुष १६ गते किसान आन्दोलनको क्रममा प्रहरीले पक्राउ गरेको थियो । राजमार्ग अवरुद्ध गर्न खोजेको आरोपमा भारदह र कञ्चनपुर लगायतका स्थानबाट पक्राउ परेका नेता तथा कार्यकर्ताहरुलाई जनही पाँच सय धरौटीमा रिहा गरिएको छ । जनमत पार्टीले किसानहरुको समसमाधानकालागि विभिन्न स्थानहरुमा प्रदर्शन गर्दै आएका छन् ।












