बागमतीको मुख्य न्यायधिवक्तामा श्रेष्ठ ।

0
321

२६ पुष, काठमाडौ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोमवार मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको सिफारिसमा श्याम नारायण श्रेष्ठलाई प्रदेशको मुख्य न्यायधिवक्ता पदमा नियुक्त गरेका छन् ।
मुख्यमन्त्री पाण्डेले संविधानको धारा १६० को उपधारा (२) बमोजिम श्रेष्ठलाई मुख्य न्यायधिवक्ता पदकालागि सिफारिस गरेका हुन । उच्च अदालत पाटनका मुख्य न्यायधिश नृपध्वज निरौलाले धादिङ जिल्लाका श्रेष्ठलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । नवनियुक्त श्रेष्ठले मुख्य न्यायधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्त सम्बन्धी ऐन, २०७५ को दफा १४ बमोजिम सपथ ग्रहण गरेका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्