२३ पुष, काठमाडौ ।
पर्यटन विभागले गएको ३३ दिनमा एक स्वदेशी र पाँच विदेशी टोलीलाई पाँच हिमालय आरोहण गर्न अनुमति दिएको छ । दुई महिला र छ पुरुष सम्मिलित दुई टोलीले छ हजार आठ सय चौध मिटर अग्लो आमादब्लम हिमाल आरोहण गर्ने अनुमति प्राप्त गरेको विभागले जारी गरेको विज्ञप्तीमा उल्लेख रहेको छ ।
छ हजार पाँच सय तेइस मिटर अग्लो सुर्मा सरोवर हिमाल आरोहण गर्न दुई पुरुषको एक टोली र छ हजार पाँच सय छ मिटर अग्लो क्युङ्ग्या री–२ आरोहण गर्न एक महिलाले आरोहण अनुमति प्राप्त गरेका छन् । त्यसैगरी पाँच हजार सात सय छब्बिस मिटर अग्लो लुजा पिक आरोहणका लागि तीन जना र पाँच हजार चार सय सरसट्ठी मिटर अग्लो रोकापी हिमाल आरोहणका लागि दुई पुरुषले अनुमति प्राप्त गरेका हुन ।
पर्यटन विभागले २ डिसेम्बर २०२० देखि ४ जनवरी २०२१ सम्म आरोहण अनुमति प्रदान गरेको जनाएको छ ।














