बेरुत विस्फोटनमा सय जतिको मृत्यु

0
323

२१ श्रावण, काठमाडौ ।
लेबनानको राजधानी बेरुतमा मंगलवार अपरान्ह भएको बिस्फोटनमा सय जना जतिको ज्यान गएको छ भने घाइतेको संख्या ४ हजार पुग्न सक्ने उद्धारकर्मीहरुले बताएका छन् । लेबनानका राष्ट्रपति माइकल अनका अनुसार बेरुत बन्दरगाह स्थित गोदाममा ६ वर्षदेखि राखिएको अमोनियम नाइट्रेटका कारण विस्फोटन भएको हो । कृषि खाद तथा विस्फोटक पदार्थ बनाउनकालागि २७ सय ५० टन अमोनियम नाइटे«ट राखिएको राष्ट्रपति अनले बताएका छन् । लामो समयदेखि रासायनिक पदार्थ असुरक्षित तवरले राखिएको स्वीकार्य नहुने र दोषीलाई कारवाही हुने उनले बताएका छन् ।
गोदाममा चलिरेहको वेल्डिङ कामले गर्दा रसायन विस्फोट भएको हुन सक्ने अनुमान स्थानीय सुरक्षा तथा सञ्चार श्रोतले गरेको छ । बेरुतबाट करिब १ सय ६० किलोमिटरमा पश्चिममा रहेको साइप्रसमा समेत विस्फोटनको आवाज सुनिएको बताइएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्