वैश्विक आर्थिक विकास खतरामा

0
590


२८ पुष, काठमाडौ । विश्व बैंकको एक रिपोर्टले वैश्विक आर्थिक विकास खतरामा रहेको जनाएको छ । रिपोर्ट अनुसार वैश्विक आर्थिक विकास सन २०२२ मा ४ दशमलव १ प्रतिशत र सन २०२३ मा ३ दशमलव २ प्रतिशतसम्म तल झर्नेछ । आर्थिक विकास तल झर्नुका कारक कोरोनाको नयाँ खतरा, मुद्रास्फीति, ऋण तथा आय असमानता हुने बताइएको छ ।
सन २०२१ को वैश्विक आर्थिक विकास ५ दशमलव ५ प्रतिशत रहेको छ । विश्व बैंकको ताजा ग्लोबल इकोनमिक प्रस्पेक्ट्स रिपोर्ट अनुसार सन २०२१ मा बलियो किसिमले उक्लिएपछि कोभिड–१९ को नयाँ भेरियन्टको खतरा, मुद्रास्फिति, ऋण तथा आय असमानतामा वृद्धिका बीच वैश्विक अर्थव्यवस्था स्पष्ट मंदीमा प्रवेश गर्दैछ । यो अवस्थाले उन्नतिको मार्ग रहेको र विकासशील अर्थव्यवस्थालाई पुनः ठीक स्थानमा ल्याउने बाटोमा खतरा पु¥याउन सक्ने रिपोर्टमा जनाइएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्