३२ जेठ, काठमाडौ ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौले आइतवारदेखि उपत्यकाबाट वाहिर जानु भन्दा तुलनात्मक रुपमा उपत्यका भित्रिनका लागि नियम कडा बनाएको छ ।
उपत्यकाबाट वाहिर जान सवारी साधनको पासकालागि व्यक्तिगत भए प्रयोजन खुल्ने कागजात र सरकारी वा संस्थागत भए कार्यालय वा संस्थाको सिफारिश पत्र पेश गर्नु पर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौले सूचना जारी गरेको छ । काठमाडौ उपत्यकामा भित्रिनकालागि भने उपत्यकामा बसोबास गरेको नगरपालिकाको प्रवेश अनुमतिलाई आधार बनाइएको छ । नगरपालिकाको प्रवेश अनुमति सहित यात्रा शुरु गर्ने जिल्ला प्रशासन कार्यालयमा सवारी पासकालागि निवेदन दिनु पर्नेछ । यात्रा शुरु हुने जिल्ला प्रशासन कार्यालयहरुबाट पत्र प्राप्त भएपछि संक्रमण जोखिम विश्लेषण र औचित्य पुष्टि पछि काठमाडौ जिल्ला प्रशासन कार्यालयले सवारी पास जारी गर्न सहमति प्रदान गर्ने सूचनामा उल्लेख गरिएको छ ।
जिल्ला भित्र जोर बिजोर प्रणालि लागु भइसकेकोले काठमाडौ जिल्ला भित्र सवारी पास बन्द गरिएको सूचनामा जनाइएको छ ।













