
२६ पुष, काठमाडौ । प्रधानमन्त्री शेरबहादुुर देउवा लगायत कतिपय मन्त्रीहरु क्वारेन्टाइनमा बस्नु परेपछि मन्त्रीपरिषद बैठक प्रभावित भएको छ । प्रधानमन्त्री देउवा लगायत कतिपय मन्त्रीहरु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालमा कारोना संक्रमण पुष्टी भएको कारण कन्ट्याक्ट ट्रेसिङमा परेर क्वारेन्टाइनमा बस्नु परेको हो । प्रधानमन्त्री देउवा लगायत अन्य मन्त्रीहरुको कारोना रिपोर्ट नेगेटिभ आएपछि मात्र मन्त्रीपरिषद्को बैठक बस्ने भएको छ ।













