सावधानी अपनाउन काठमाडौ प्रशासनको आदेश जारी

0
601


२७ पुष, काठमाडौ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोभिड–१९ को सम्भावित तेश्रो लहरबाट जोगिनका लागि स्वास्थ्य सतर्कता अपनाउन र जनस्वास्थ्य सम्बन्धी मापदण्ड कडाईका साथ पालन गर्न, गराउन मंगलबार १८ बुँदे आदेश जारी गरेको छ ।
प्रशासन कार्यालयबाट जारी आदेशमा सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी उपस्थित हुन नहुने, अनिवार्य रुपमा मास्क प्रयोग गर्ने, भौतिक दूरी कायम गर्नुका साथै स्यानिटाइजर प्रयोग गर्ने र समय समयमा साबुन पानीले हाथ धुने लगायतका स्वास्थ्य सम्बन्धी मापदण्ड अनिवार्य रुपमा पालना गर्ने, गराउने जनाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयलाई स्थानीय तहसँग समन्वय गरी सबै विद्यालयका १२ देखि १७ वर्ष उमेर समुहका विद्यार्थीहरुलाई अनिवार्य रुपमा १ हप्ताभित्र कोभिड विरुद्धको खोप लगाउन र सार्वजनिक स्थानहरुमा निशुल्क एन्टिजेन टेष्ट बुथहरु स्थापना गरेर नियमित परिक्षण गर्नुपर्ने छ ।
आउँदो माघ ७ गतेदेखि सार्वजनिक स्थलका साथै सार्वजनिक निकायहरुमा प्रवेश गर्दा कोभिड विरुद्ध लगाएको कार्ड अनिवार्य रुपमा देखाउनु पर्ने छ । त्यसैगरी सार्वजनिक सवारी साधनहरुमा तोकिएको सिट भन्दा बढी यात्रु नराख्न, सबै यात्रुहरुलाई मास्क लगाउन, चालक र सहचालकले अनिवार्य रुपमा मास्क, भाइजर र स्यानिटाइजर प्रयोग गर्नुपर्ने आदेशमा जनाइएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्