भारतीय निर्माण कार्य विरुद्ध एमालेले जारी गर्यो वक्तव्य

0
533


२७ पुष, काठमाडौ । नेकपा एमालेले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा भारतीय पक्षबाट भइरहेको सडक लगायतका निर्माण कार्यलाई तत्काल रोक्नुपर्ने जनाउँदै पे्रस वक्तव्य जारी गरेको छ ।
नेपाल–भारत संयुक्त आयोगको बैठकमा सीमा लगायत दुई देशबीच थाँती रहेका विषयहरुलाई कुटनीतिक माध्यमबाट टुङ्ग्याउनु पर्ने सहमति विपरीत भारतीय पक्षले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पु¥याएको आरोप एमालेले लगाएको छ । एमाले परराष्ट्र मामिला विभाग प्रमुख राजन भट्टराईले प्रेस वक्तव्य जारी गर्दै राष्ट्रियतासँग जोडिएको गम्भीर विषयमा सरकारको मौनता उपर प्रश्न खडा भएको जनाउँदै भारतीय पक्षसँग अविलम्ब गम्भीर संवाद गरी नेपाली भूभागमा नेपालको व्यवहारिक स्वामित्व स्थापनाका लागि पहल गर्न सरकारसँग माग गरेका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्