एन एम बीको संस्थापक शेयर बिक्री खुला

0
498


२७ पुष, काठमाडौ । एन.एम.बी. बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीका लागि मंगलबारदेखि खुला गरेको छ । केही संस्थापकहरु शेयर धनीहरुले आफ्नो स्वामित्वको १ लाख ४९ हजार ६९३ कित्ता शेयर बिक्रीकालागि खुला गरेका हुन । प्रति कित्ता मूल्य रु.२२० तोकिएको शेयर हाललाई संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न सकिने प्राब्धान बैंकले राखेको छ । शेयर खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिन भित्र बैंकमा आवेदन दिनुपर्नेछ । तोकिएको अवधिमा कुनै संस्थापकले आवेदन नदिए सर्वसाधारणका लागि शेयर बिक्री खुला गरिने छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्