नेशलन लाइफ इन्सोरेन्सको संस्थापक शेयर लिलाम बिक्री खुला

0
677

२८ पुष, काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफ इन्सोरेन्सको ५७ हजार १ सय ९२ कित्ता शेयर बुधबारदेखि लिलाम बिक्री खुला गरेको छ । प्रति कित्ता न्यूनतम ३ सय ८७ रुपैया ३० पैसा तोकिएको शेयर बोलपत्र पेश गर्न बैंकले माघ ५ गतेसम्म समय सीमा तोकेको छ । बोलपत्र एन आइ सी एशिया क्यापिटल बबरमहल र एन आइ सी एशिया बैंकको थापाथलीस्थित कर्पोरेट कार्यालय लगायत बैंकका विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेत शाखाबाट समेत पेश गर्न सकिने छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्