नेकपा विवाद बिच चिनियाँ राजदूत सक्रिय

0
721

२३ असार, काठमाडौ ।
नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध उनकै पार्टीका शिर्षस्थ नेताहरु लागेको बेला चिनियाँ राजदूत हु यान्कीको सक्रियता बढेको छ । राजदूत यान्कीले मंगलवार नेकपाका वरिष्ठ नेता झलनाथ खनाललाई भेटेकी छिन । सोमवार उनले नेकपाका अर्का वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेकी थिइन् । केहि समय अगाडि पनि नेकपाको आन्तरिक विवाद बढेको समयमा राजदूत यान्की सक्रिय भएको विषय वाहिर चर्चामा आएको थियो । अध्यक्ष तथा प्रधानमन्त्री दुवै पदबाट के पी ओलीलाई राजीनामा दिन उनकै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ लगायतका नेताहरुले दबाब दिंदै आएका छन् । राजदूत यान्कीको सक्रियताका वावजुद नेकपाको सचिवालय, स्थायी समिति तथा नेताहरु बिच एक्ला एक्लै वार्ताले मंगलवारसम्म केहि निकास निकाल्न सकेको छैन् । नेकपा अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्ड बिच मंगलवार करिब तीन घण्टा चलेको छलफल पनि निर्णायक हुन सकेन ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्