सप्तरी क्वारेन्टिनमा प्रहरीको ज्यादती

0
385

१४ जेठ, काठमाडौ ।
प्रहरीले ज्यादती गरेको आरोप लगाउँदै सप्तरी तिलाठी कोइलारीमा क्वारेन्टिनमा बसेका व्यक्तिहरुले नाराबाजी गरेका छन् । कोइलारी गाउँपालिका वडा नं. ७ स्थित उच्च माविमा राखिएको क्वारेन्टिन स्थलमा मध्य रातमा प्रहरीले कुटपिट गरेको आरोप क्वारेन्टिनमा बसेकाहरुले लगाएका छन् ।
स्थानीय बरसाइन प्रहरी चौकीका सहायक निरिक्षक संजय सिंहको नेतृत्वमा गएको प्रहरी टोलीले कोठा कोठामा छिरेर अभद्र व्यावहार गरेको आरोप क्वारेन्टिनमा बसेकी एक महिलाले लगाएकी छिन् । क्वारेन्टिनमा रहेका अर्का एक व्यक्तिले कतिपय प्रहरी मदिरा सेवन गरेर आएका बताएका छन् । क्वारेन्टिन इन्चार्ज सन्तोष कुमार सिंहले प्रहरीले राति कुटपिट गरेको पुष्टी गरेका छन् ।
घटना सम्बन्धमा जानकारी लिन जिल्ला प्रहरी कार्यालय सप्तरीका नायब उपरिक्षक क्वारेन्टिन स्थल पुगेका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्