संविधान संशोधन प्रस्ताव आज पेश नहुने

0
352

१४ जेठ, काठमाडौ ।
प्रतिनिधि सभाको सम्भावित कार्यसूचीमा रहेको संविधान संशोधन प्रस्ताव आज पेश नहुने संसद सचिवालयले जानकारी दिएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहम्फेले संविधान संशोधन प्रस्ताव पेश गर्न अनमति माग्ने पस्ताव पेश गर्ने विषय आज बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूचीमा रहेको थियो । त्यसै अनुसार नेपालको संविधान (दोश्रो संशोधन) विधेयक, २०७७ प्रतिनिधि सभा संसद बैठकमा पेश गर्ने सम्भावित कार्यसूची जारी गरिएको थियो ।
हिजो प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको सर्वदलीय बैठकमा नेपाली काँग्रसले नयाँ नक्शा सम्बन्धी संविधान संशोधन प्रति सकारात्मक रहेपनि केन्द्रीय समितिको बैठकबाट निर्णय गर्नुपर्ने जनाएको थियो । अर्को तर्पm राजपा र सपाले पहिले देखि आपूmहरुले राख्दै आएको संविधान संशोधन सम्बन्धी पुरानो एजेण्डालाई समावेश गर्नु पर्ने शर्त अघि सारेको थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्