बेलायती प्रधानमन्त्रीले माफी मागे

0
531


२८ पुष, काठमाडौ । कोरोना महामारीका बीच भएको पहिलो लकडाउनमा एक पार्टी समारोहमा भाग लिएको आरोप लागेपछि बेलायती प्रधानमन्त्रीले संसद समक्ष माफी मागेका छन् ।
प्रधानमन्त्री जोनसनले पार्टी समारोहमा सहभागीहरुले प्राविधिक रुपमा नियम उलङ्घन नगरेको बताएपनि नागरिकहरुले विगत १८ महिनादेखि भोग्दै आएका पिडाका कारण उनीहरुमा पलाएको आक्रोशबारे आपूm जानकार रहेको बताएका छन् । प्रधानमन्त्री जोनसनले नियम बनाउनेले नै नियम पालना नगरेपछि आपूm र आपूmले नेतृत्व गरेको सरकारप्रति नागरिकहरुमा आक्रोश उत्पन्न भएको स्वीकार गरेका छन् ।
विपक्षी दल लेबर पार्टीका नेता केर स्टार्मरले जनताले उनलाई हटाउने कि उनको पार्टीले उनलाई हटाउने वा शिष्टता देखाउँदै उनले राजीनामा दिने हुन भनी प्रश्न अगाडि सारेका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्