
२८ पुष, काठमाडौ । नेपाली राहदानी थप कमजोर श्रेणीमा सूचीकृत हुन पुगेको छ । अन अराइवल भिसा प्राप्त हुन सक्ने देशहरुको संख्याको आधारमा सूचीकृत हुने क्रममा नेपाल द्वन्द्वग्रस्त देशहरुसँगै अन्तिम समुहमा पर्न गएको हो । राहदानी अध्ययन गर्ने बेलायती संस्था हेनली एण्ड पार्टनर्सले सार्वजनिक गरेको सन २०२२ को सूचीमा नेपालले प्यालेस्टाइन जस्तै ३७ वटा देशमा मात्र अनअराइवल भिसा प्राप्त गर्न सक्ने जनाइएको छ । कमजोर राहदानी हुने देशहरुको श्रेणीमा उत्तर कोरिया भन्दा तल परेको नेपाली राहदानी पछि सोमालिया, यमन, पाकिस्तान, सिरिया, इराक र अफगानिस्तान जस्ता द्वन्द्वग्रस्त सूचीकृत भएका छन् ।
सार्वजनिक सूची अनुसार १ सय ९२ देशमा अनअराइवल भिसा प्राप्त गर्न सक्ने जापान र सिंगापुर शिर्ष स्थानमा रहेको छ भने २६ देशमा अनअराइवल भिसा प्राप्त गर्न सक्ने अफगानिस्तान अन्तिम स्थानमा परेको छ ।













