
२८ पुष, काठमाडौ । अफगानिस्तानका तालिबान सरकारले आफ्ना छिमेकी मुलुकहरुलाई विमान फिर्ता गर्न चेतावनी दिएको छ । तालिबानी कार्यवाहक रक्षा मन्त्री मौलवी मोहम्मद याकुब मुजाहिदले राजधानी काबुलमा बयान दिंदै ताजिकिस्तान र उज्बेकिस्तानले विमानहरु फिर्ता नगरे परिणाम भोग्न तयार रहन चेतावनी दिएका छन् ।
अफगानिस्तानको टोलो न्यूजले जनाए अनुसार कार्यवाहक रक्षामन्त्री मुजाहिदले “हाम्रा जुन विमानहरु ताजिकिस्तान वा उज्बेकिस्तानमा छन् ती चाँडै फिर्ता गर्नु प¥यो, हामी ती विमानहरु विदेशमा राख्न वा ती देशहरुद्वारा प्रयोग गर्ने अनुमति दिदैनौं” भनेका छन् । तालिबानी रक्षा मन्त्रालय अनुसार अघिल्लो सरकार पतनपछि ४० भन्दा बढी हेलिकप्टरहरु ताजिकिस्तान र उज्बेकिस्तान लगिएको छ ।













