तीन महिना नपुग्दै स्वास्थ्य सचिव फेरिए

0
362

१५ जेठ, काठमाडौ ।
तीन महिना नपुग्दै सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाको सरुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आर्थिक तथा पूर्वाधार विकास सचिवका रुपमा कार्यरत लक्ष्मण अर्याललाई कोइरालाको स्थानमा पठाइएको छ । कोइरालालाई प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्याललयमा सरुवा गरिएको छ । कोइरालासँग कर्मचारी र चिकित्सकहरुको वारम्वार विवाद भएपछि कोभिड १९ नियन्त्रण कार्यमा उचित समन्वयको अभाव देखिएको थियो । सरकारले गत फागुन १८ गते कोइरालालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा सरुवा गरेको थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्