डा.के.सी.पुनः अनसनमा

0
514

२० जेठ, काठमाडौ ।
कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका नेपाली भूभाग भारतसँग फिर्ता र विगतका आफ्ना मागहरु पुरा गर्नुपर्ने माग राख्दै डा.गोविन्द के.सी.ले मंगलवारदेखि दार्चुलामा दुई दिने अनसन शुरु गरेका छन् ।
१८ औं पटक अनसन बस्न अगाडि आयोजित पत्रकार सम्मेलनमा डा.के.सी.ले भूमि फिर्ता सँगै विभिन्न स्थाहरुमा मेडिकल कलेज खोल्ने प्रकृया छिटो शुरु गर्नुपर्ने माग पनि राखेका छन् । उनले बर्दिवास, उदयपुर, डडेल्धुरामा मेडिकल कलेज खोल्ने प्रकृया थाल्न, कर्णाली र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एम बी बी एस कार्यक्रम सञ्चालन र गेटा मेडिकल कलेज शिघ्र सञ्चालनको माग राखेका छन् । साथै सिमा क्षेत्र लगायत देशका समग्र नागरिकका लागि गुणस्तरीय स्वास्थ्य, शिक्षा, रोजगारी र यातायातमा सहज पहुँचको व्यवस्था गर्नु पर्ने माग डा.के.सी.ले राखेका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्