काठमाडौ, २१ फाल्गुन । राष्ट्रिय सभाका नवनिर्वाचित १९ सदस्यहरुले आज सपथ ग्रहण गरेका छन् । सिंहदरबारमा आयोजित एक समारोहमा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले नेपाली काँग्रेसका ६, नेकपा माओवादी केन्द्रका ५, नेपाल एकीकृत समाजवादीका ५ र नेकपा एमाले, जनता समाजवादी पार्टी तथा राष्ट्रिय जनमोर्चाका एक–एक जना सदहरुलाई सपथ ग्रहण गराउनुका साथै संघीय संसदको लोगो पनि प्रदान गरेका छन् ।
राष्ट्रिय सभाको गत माघ १२ गते सम्पन्न निर्वाचनबाट नेपाली काँग्रेसका कमला पन्त, गोपाल कुमार बस्नेत, कृष्ण प्रसाद पौडेल, नारायणदत्त मिश्र, युवराज शर्मा र दुर्गा गुरुङ निर्वाचित भएका हुन । नेकपा माओवादी केन्द्रका उर्मिला अर्याल, सुरेश आले मगर, नरबहादुर विष्ट, भुवन बहादुर सुनार र जगत बहादुर कार्की निर्वाचित भएका हुन । यसैगरी एकीकृत समाजवादीका गोमादेवी तिमिल्सिना, जयन्ती देवी राई, राजेन्दलक्ष्मी गैरे, मदन कुमारी शाह र उदय बहादुर बोहरा निर्वाचित भएका हुन । नेकपा एमालेका सोनाम गेल्जेन शेर्पा, जनता समाजवादीका मोहम्मद खालिद र राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित भएका हुन । राष्ट्रपतिबाट मन्त्री परिषदको सिफारिसमा एक जना सदस्य मनोनित हुन बाकी नै रहेको छ ।
राष्ट्रिय सभा सदस्यहरु पदावधि छ वर्ष कायम रहेकोमा एक तिहाई सदस्यको पद प्रत्येक दुइ वर्षमा समाप्त हुने प्रावधान रहेको छ ।













