
२८ पुष, काठमाडौ । भारतमा पछिल्लो २४ घण्टाभित्र कोभिड–१९ को १ लाख ९४ हजार ७ सय २० जना नयाँ संक्रमित फेला परेका छन् भने ४ सय ४२ जनाले आफ्नो ज्यान गुमाएका छन् । दैनिक ११ दशमलव ०५ का दरले संक्रमण बढ्दै गएको भारतमा सक्रिय संक्रमितको संख्या ९ लाख ५५ हजार ३ सय १९ पुगेको छ । त्यसैगरी भारतमा नया भेरियन्ट ओमिक्रोनबाट ४ हजार ८ सय ६८ व्यक्ति संक्रमित भएका छन् । श्रोत – इन्डियन एक्सप्रेस













