क्यान इन्फोटेक स्थगित

0
636


२८ पुष, काठमाडौ । कोभिड–१९ को तेश्रो लहरको सम्भावनाका कारण माघ १८ गतेदेखि शुरु हुने क्यान इन्फोटेक स्थगित गरिएको आयोजकहरुले जानकारी दिएका छन् । माघ १८ देखि ६ दिनसम्म काठमाडौको भृकुटीमण्डपमा क्यान इन्फोटेकको २७ औं संस्करण आयोजनाको सम्पूर्ण तयारी भइसकेको थियो । आई एम ई पे को मुख्य र स्र्माट च्वाइस टेक्नोलजीको सह प्रायोजनमा आयोजन हुने २७ औं संस्करणका लागि सूचना तथा सञ्चार प्रविधिसँग सम्बन्धित संस्थाहरुले सहभागिता जनाउन अन्तिम तयारी गरीसकेको जनाइएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्